अमुर्त संस्कृति पहिचान, सम्वद्र्धन, संरक्षण सम्बन्धी २५ गते काफलडाँडामा आयोजना हुने:
अन्नपुर्ण गाउँ पालिका, राम्चे काफलडाँडा म्याग्दीमा संस्कृति मन्त्रालय र करबाकेलि बाबा संरक्षन समिति काफलडाँडाको आयोजनामा पुन समुदायको अमूर्त संस्कृति पहिचान तथा संरक्षनको लागि फाल्गुन २५ गते करबाकेलि थान काफलडाँडामा संस्कृति मन्त्रालयको सचिवको प्रमुख आतिथ्यमा अभिमुखीकरण गोष्ठी सम्पन्न हुने भएको छ /
कार्यक्रमको संयोजक प्रतिभा पाईजा पुन र मेजन फगामी पुन हुनु हुन्छ भने यस कार्यक्रमको लागि बेलायत बस्दै गर्नु हुने ले. राजु पुन शेरपुन्जाको सहकार्यमा पाउद्धारबाट १४ जना सहाभागी आउँदैछन भने पर्वत जिल्लाको पुर्ण गाउँ क्षेत्रको लागि गोकर्ण पुन, लेस्पार र शालिजा क्षेत्रको लागि लाल बहादुर पुन, चिमखोला क्षेत्रबाट रिम पाईजा पुन, दग्नाम र दर्मिजा क्षेत्रको लागि गगन पुन, मल्कबांग क्षेत्रको लागि बेलायत निवासी दलबहादुर पुन र बेग बाट वडा अध्यक्ष बिल फगामी पुनले पुन समुदायले मौलिक नाच पुर्खेउली सोरठी प्रस्तुत गर्ने जिम्मेवार लिनु भएको छ । यसै गरि पुन समाज युकेको सहयोगमा फिमला ईन्टरटेन्टमेन्टबाट उक्त कार्यक्रमको भिडियो छायाँकन गरि युटुबमा भिडियो अपलोड गरि यस क्षेत्रको पुन समुदायको अमुर्त संस्कृति सम्बन्धी जानकारी दिईने छ । साथै काफलडाँडामा निर्माण भएको करबाकेली थान सम्बन्धी अहिले स्थानीयको धारण र के कसरी काम गरिरहेका छन् भन्ने छोटो भिडियो पनि बनाईने छ ।
पुन समाज यूके द्वारा मूल थानमा कुल देउता पूजा
पुन समुदायको परिवारहरुले हरेक बिजोडी वर्ष पारेर कुल देउता पूजा गरे जस्तै पुन समाज यूकेले पनि ५ वर्ष पछि यो वर्ष मूल थानमा २०७४ साल मङ्सिर १२ गते कुल पूजा सम्पन्न गर्यो / झन्डै ८० परिवारहरु यो वर्ष कुल पूजा गर्न आउनु भएको थियो / परम्परागत रुपमा यो पूजा आ-आफ्नै घरमा भाई खलक मिलेर गर्ने चलन भएता पनि काफलडाँडा करबाकेलि बाबाको विश्राम स्थलमा बि. स. २०६९ सालमा कुल देउताको थान निर्माण भए पछि यसरी मूल थानमा नै पूजा गर्ने चलन शुभारम्भ भएको छ / करबाकेलि बाबा संरक्षन समिति काफलडाँडाले छुट्टै भवन निर्माण गरि टाडा टाडा बाट पूजा गर्न आउनु भएको परिवारहरुको लागि अहिले खान र बस्नको पनि सुबिधा दिनु भएको छ / यो हाम्रो ऐतिहाँसिक स्थललाई अन्नपूर्ण पैदल मार्ग संग जोडेर देश तथा बिदेशी पर्यटकहरुको गन्तब्य स्थल बनाउने भावी योजना पनि रहेको संरक्षन समितिले जनाउनु भएको छ / यस ठाउँमा संग्रहालय लगायत दृश्य अवलोकन गर्ने ठाउँको निर्माण गर्नु पर्ने आवस्यकछ जुन संरक्षन समितिको भावी योजना पनि हो / यो हाम्रो ऐतिहाँसिक स्थल भएकोले यस् ठाउँको विकास गर्दै हाम्रो पहिचानको धरोहर यो ठाउँलाई देश विदेशमा प्रचार प्रसार गर्नु जरुरि छ भन्ने हाम्रो पनि मान्यता रहेको छ / त्येस्कारण यस् कार्यमा सबैले साथ र सहयोग दिनु हुनेछ भन्ने हाम्रो विश्वास पनि छ / धन्यवाद /
जय करबाकेलि बाबा !
जय पुन समाज यूके !
सोरठी नाच
म्याग्दी र पर्वत जिल्लाबाट काठमाडौं आइ बसोबास गरिरहेका पुन समुदायमा यो पुख्यौंली नाच अति नै प्रख्या त छ । त छ ।
विशेष पर्वोत्सव, संस्कारोत्सव, धार्मिक उत्सव आदि पर्वहरुमा खुशीयाली मनाउन यो नाच नाच्छन् । पुर्खाको सम्झनामा पूजाअर्चना गरी विधिविधानसहित नाच आरम्भ गर्दछन् । #
पहिलो चरणमा पितृपुर्खाको आव्हान गरी सम्झन्छन् । मुख्य गुरुले भट्याउँछन्, गीताङ्गे महिला समूहले हाइ छोप्छन् ।
महिलाको पहिरनमा सजिएका पुरुषको एक पंक्ति, पुरुषको पहिरनमा मादल सहितको पुरुषको जमात अर्को पंक्तिमा उभिन्छन् ।
गीत, मादलको तालसँगै गोलाकार पंक्तिमा अघिपछि हुँदै घडीको दिशातिर र घडीको विपरित दिशातिर निश्चित गतिमा पालैपालो घुमीघुमी नाच्छन् ।
दोस्रो चरणमा घरपरिवारका सदस्यहरुको हर्षबढाइको कामना गर्दछन् । र बीचबीचमा चुड्के गीत गाएर रमाइलो गर्दछन् ।
यसबेला मारुनीले मादले तथा मादलेले मारुनीहरुको पालैपालो परिक्रमा गर्दछन् । अन्तमा घरबेटीले दान दिएपछि शुभ आर्शिवाद दिएर विदा हुन्छन् ।
यस नाचमा आरम्भमा तान्त्रिक विधिविधानद्वारा शुभारम्भ गरिने हुँदा मादलको तालमा अति नै ध्यान पु¥याइन्छ । केही गडबढी भएमा व्यक्तिको ज्यान समेत जाने हुन्छ ।
यस नाचले धार्मिक, सांस्कृतिक महत्त्वलाई कायम गर्नुका साथै मनोरञ्जन समेत प्रदान गर्दछ ।
(पुनले त्रिभुवन विश्वविद्यालयबाट एम-फिल गरेकी छन् । उनले सोरठी नाचवारे सोधपत्र तयार परेकी छन् । सोरठी नाच सृंखला अन्तर्गत सुनिल रंजीतले तयार पारेको यो चित्र ‘ड्राई पेस्टल कलर’ बाट बनाइएको हो । यसको आकार २८÷३८ सेमी रहेको छ । सोरठी नाचको एउटा संयोजन प्रस्तुत चित्रमा गरिएको छ । –संपादक )