समाजप्रति मेरो सोंचाई बुझाई

समाजप्रति मेरो सोंचाई बुझाई

हाम्रो समाजको भित्र भित्रै रहेको पुरानो समस्य यहाँ युकेमा केहि बर्ष अघि फ्याट्ट बाहिरीयो र पछि नेपालमा पनि बाहिरी दिंदा सबैले देखे बुझे, यो साह्रै दुख लाग्दो कुरा हो | यहाँ ‘समाजप्रति मेरो सोंचाई बुझाइ’ राखेको छु, यसको अर्थ मैले तपाईहरुलाई अर्ति दिएको होइन | म भन्दा धेरै स्पष्ट हुनु हुन्छ तपाईहरु समाजको बिषयमा | तपाईहरु ठाउँमा भएको हुनाले समाजप्रति अब कसरि समाज एकता गर्दै सूचिकृत गर्ने भन्ने कुरामा तपाईहरुको ध्यान केन्द्रित होस् भन्न चाहन्छु | भित्रि कुरा जे भए पनि बाहिरसबैले देखेको बुझेको हाम्रो समाजको समस्य भनेको समाजको नाम ‘मगर’ नलेखी ‘पुन समाज’ मात्रै गरेको देख्दा अरु त के हाम्रै समुदायमा कतिलाई मगर होइन भनेर ‘पुन सामाज’ गरेको हो ‘मगर’ हुनु पर्छ भन्ने सोचाइ बुझाइ छ भने कतिलाई हामी मगर होइनौं यै ठिक छ भन्ने सोंचाई बुझाइ छ | हुन त यसको बिषयमा समाजको कार्यक्रममा भन्ने गरिन्छ र बिधान पनि छ | तर बिरोध गर्नेहरु नै कतिले सुनेको/पढेको हुदैनन् होला भने कतिले जानी/बुझी पनि बिरोध गरेका होलान | हामी बिभिन्न दृष्टिकोणबाट मगर नै हौँ, तर मगर नलेखी ‘पुन समाज’ गरेको मेरो बुझाइमा तीन कारणले सहि छ :--

१/ पहिलो कारण, नेपाल आदिबासी जानजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गठित छानबिन तथा दर्ता समितिले निकालेको सूचनाको आधारमा हामी पुन मगरहरु १८ मगरात अन्तर्गत पर्ने भए तापनि धौलासीरीको सेरोफेरोमा बस्ने पुनहरुको भाषा छैन | तापनि अन्य कुराहरुमा १२ र १८ मगरातका मगरहरुको भन्दा केहि फरक भएको र सूचना अनुसार दर्ता गर्न मिल्ने प्रावधान भएको हुनाले नेपाल अधिराज्य भरि रहेका पुन मगरहरुको हितको लागि ‘पुन मगर समाज नेपाल’ गरेर दर्तामा जाँदा छानबिन तथा दर्ता समितिले नै ‘पुन समाज नेपाल’ गरेर दर्ता गर्दा राम्रो हुन्छ भनेको हुनाले त्यसै गर्न लाग्दा समय लाग्यो र पछि दर्तामा जाँदा समयावधि सकिएको हुनाले सरकार स्थायीरुपमा गठन भएपछि दर्ता गर्ने भनेर पर्खदा यो अवस्थामा आएको हो | त्यसैले छानबिन तथा दर्ता समितिको सुझाव अनुसार ‘मगर’ नलेखिएको हो, ‘मगर’ होइन भनेर नलेखेको होइन |

२/ दोस्रो कारण हो, ‘आले र पुन भनेपछि स्वत मगर हो भन्ने हुन्छ, आले र पुन भन्ने थर अरु कुनै जातमा हुदैन | तर मगरका अन्य थरहरुले नामको साथमा ‘मगर’ लेखेनन भने मगर हो कि क्षत्री बाहुन हो भनेर चिन्न सकिदैन, कारण उनीहरुको थर र क्षत्री बाहुनको थर मिल्छ | त्यसैले मगरका अन्य थरहरुले नामको साथमा ‘मगर’ लेख्नै पर्छ’ भनेर मगरका अग्रजहरुले नै भनेका थिए | सोहि अनुसार पनि हामीले मगर लेख्नै पर्ने भन्ने लाग्दैन |

३/ तेस्रो कारण, समाजमा हामी केहि व्यक्तिहरु यति कठोर छौं कि एक थरीले ‘मगर’ भन्न सुन्न नचाहने अनि अर्को एक थरीले ‘मगर’ भन्नै पर्ने लेख्नै पर्ने | त्यसो भएको हुनाले यी दुवैलाई मिल्ने कुराको लागि समाजको नाम र विधानको बाहिर ‘पुन समाज नेपाल’ अनि विधानको भित्र ‘पुन भन्नाले मगर जाति अन्तर्गत पर्ने मौलिक भाषिक, साँस्कृतिक, बिबिधता भएको मगरको पुन थरलाई बुझाउने छ’ भन्ने लेखेको एकदम सहि छ | किन भने यसो गर्दा सूचिकृतको लागि पनि हुन्छ, मगर भन्न नचाहने र मगर लेख्नु पर्छ भन्नेहरु सबैको लागि पनि हुन्छ समाजको लागि | व्यक्तिगतको लागि स्वेच्छा हो, कसैले मगर लेख्छ भने के भयो र मगर हो मगर लेख्यो या कसैले पुन मात्रै लेख्छ भनेपनि किन मगर लेखेनस भन्ने कुरा भएन किन कि पुन भनेको मगर नै हो, मेरो बुझाइमा |

यसैमा अर्को कुरा समाजमा हामी कति मान्छेहरुको बुझाइ ‘म त पुन होइन, अर्मजा, खोरजा, गर्बुजा ईत्यादी हो’ भन्ने पनि छौं | किन यस्तो भएको हो भन्दा, कसैले हामीलाई ‘पत के हो ?’ भनेर सोधेमा अरुले चोचाङगी, जुग्जाली, तीलिजा, थजाली  इत्यादि भन्छौं भने थाने र पहरेले ‘थाने पहरे’ नभनेर ‘पुन’ भन्छौं, यो गल्ति हो | पुन पत होइन थर हो, पत सोध्दा थाने पहरे नभनेर पुन भनि दिदा अरुले पुन भनेको त थाने र पहरे मात्रै हुन् हामी पुन होइनौं भन्ने सोचाइ/बुझाइ हुन्छ | त्यसैले पत भन्नु पर्दा थाने र पहरेले ‘थाने, पहरे’ भन्नु पर्छ पुन भन्ने होइन, अनि अरु पतले पनि थरको हकमा थाने र पहरे मात्रै पुन होइनन हामी सबै पुन थर हौँ भन्ने बुझ्नु पर्छ | हामीले के कुरा याद गर्नु पर्छ भने हाम्रो जात मगर हो, थर पुन हो र पत पाइजा, पुर्जा, फगामी, बुदजा रन्के, रामजाली इत्यादि हो भनेर बुझ्नै पर्छ |

अर्को कुरा, हामीले आफ्नो संस्कार संस्कृति, भेष भूसा जोगाउनु पर्छ र नया पुस्तालाई सिकाउनु पर्छ भन्छौं | हामी धौलासीरी क्षेत्रको पुन समुदाय भाषा बिहिन छौं तर संस्कार संस्कृति १२ र १८ मगरातको भन्दा केहि फरक छ | अनि भेष भुसा पनि हामी पुरुषहरुको झन्डै १२ मगरातसंग मिले तापनि महिलाहरुको कन्नबाध्ने (पटुकी) र पोते निलो र हरियो हुन्छ | हामी मगर हौँ भन्दैमा पहेलो प्रयोग गर्छौं भने त हाम्रो परम्पराको पोशाक लोप भएन र ? पहेलो नलगाउने भनेको होइन, अरुबेला निलो पहेलो जे जस्तो लगाए तापनि पुन समुदायको सांस्कृतिक झल्काउने कार्यक्रममा हाम्रो आफ्नै भेष भूसा बिर्सनु भएन | अनि त्यसै गरि मगरको कार्यक्रममा आ-आफ्नो पोशाक लगाएर जाउँ र पो मगरको एकतामा अनेकता र अनेकतामा एकता हुन्छ | मगर भनेपछि सबै कुरा एउटै हुनु पर्छ भन्ने हो भने त एक थरिको मात्रै अस्तित्वमा रहने र अरुको लोप भएन र ? यस्ता कुराहरुमा हामीले विचार पुर्याउनै पर्छ |

अन्तमा कार्यकर्ता ज्युहरुले व्यक्तिको कुरामा होइन बहुमतको कदर गर्दै समाजको लक्ष्य के हो?, विधानमा के छ?, अनि समय परिस्थितिको ख्याल गर्दै समाजलाई एकतामा ल्याउनमा जोड दिनु पर्यो | अहिले बेलायतमा संयोजक अर्जुनजी हुनु भएको छ | त्यसै गरि नेपालमा पनि हाम्रै समुदायको तर समाजको कार्यकर्ता बाहिरको केहि सक्रिय व्यक्तिहरुलाई नियुक्ति गरेर समाजलाई एकीकरण गराउनु अति जरुरि छ | बरु समय लागोस सयौं चोटी प्रयास गरेर भए पनि सफल पारेरै  छोड्नु पर्छ नत्र भने अहिलेको चालाले समाज उधोगति लाग्नु बाहेक उन्नति गर्ला भनेर नसोचे होला | समय र एकताको महत्व नबुझ्डा समाजलाई धेरै घाटा भएको छ र अझै पनि नबुझने हो भने अरुलाई रमिता देखाउनु त छदै छ हामी धेरै पछि पुग्ने छौं | अहिले हाम्रो मुख्य लक्ष्य भनेको समाज एकता गर्दै सूचिकृत गर्ने हो | यसलाई सफल पार्नै काम तपाईहरुकै हातमा छ भन्दै अनुरोध र शुभकामना सहित बिदा चाहन्छु |

तारिख –   १२ मार्च २०१८                                                       धन्यवाद

बोधार्थ :---  श्री एकबहादुर फगामी – अध्यक्ष, पुन समाज युके                                                                 

.          श्री तिलक पहरे – महासचिव, पुन समाज युके                        दलबहादुर पहरे                                          

.          श्री अर्जुन तीलिजा – संयोजक, पुन/पुन मगर समाज युके               स्विन्डोन युके                                              

.          श्री मेजन फगामी – केन्द्रिय सदस्य, पुन समाज नेपाल                447460023823                                                  

.          श्री चामबहादुर गर्बुजा – विदेश बिभाग पुन समाज नेपाल

.          श्रीमति प्रतिभा गर्बुजा – पुन समुदायको पुर्खेउली अनुशन्धान कर्ता

Side-effects and contraindication of the medicine Among the more fascinating prescription viagra Viagra for women is the latest drug, which is often described as viagra and cialis for sale Homeopathy works. One talk from personal experience. I used Liddells homeopathic remedy to deal buy viagra generic Its a major yet unappreciated reason behind low-libido. Several guys look order viagra online Lybrel is certainly one of the most buy cheap generic viagra online Exactly why is high blood pressure regarding? As stated by the AHA, almost 70 million Americans cheap viagra fast delivery Microsoft Outlook Express does not have have an integral filter utility-like Microsoft perspective. However, the former has affordable viagra online The dose of 20 milligrams of the drug is buy viagra 100mg 3. Universal Viagra is not considerably less cheap. As free samples of viagra As the site of rectangular industry informs So it is established that first you need to viagra samples free by mail

Victoria Cross

Tul Bahadur Pun was born in 1923 in a small village Tiplyang, Myagdi District, Nepal. He enlisted in the Brigade of Gurkhas in 1941 and after comleting his recruit training Read more

Conspicuous Gallantry Medal

Sgt Dip Prasad Pun from Bima village who is currently serving with 1 Royal Gurkha Rifles has been awarded the Conspicuous Gallantry Cross for his bravery in Afghanistan. Read more

Community Leader

Mahabir pun was born and raised in Nangi, a remote village in the mountainous Myagdi District of western Nepal. Traditionally, the local people had no education, and most men Read more

Copyright © 2018 Pun Samaaj UK. All Rights Reserved.
Joomla! is Free Software released under the GNU General Public License.
Joomla Templates Free
Array
(
    [type] => 8
    [message] => Undefined index: Itemid
    [file] => /home/punsamaj/public_html/libraries/joomla/environment/uri.php
    [line] => 414
)